फोर्ब्सकाे घोषणा : अमेरिकी खर्बपती एलन मस्क मानव इतिहासकै सबै...
मंसिर ९, २०८१ आइतबार
‘ग्रीन भूमे, क्लिन भूमे’ को नारा अंगिकार गरेको रुकुम पूर्वको भूमे गाउँपालिकाले बस्तीहरु नै हरियो बनाउन लागिपरेको छ । खाली ठाउँमा वृक्षारोपण र घरहरुमा हरियो लेपन गरेर बस्ती नै हरियो बनाउने अभियानमा गाउँपालिका लागेको छ ।
अहिले भूमे गाउँपालिकाले गाउँको मुहार फेरेको छ । पहिले आफुखुशी रङ पोतिएका घरहरु भए पनि अहिले भूमेको बस्ती नै हरियाली बनेको छ । सबै बस्तीहरु हरियो बनिरहँदा गाउँको मुहार नै सुन्दर भएको छ ।
गाउँ नै हरियाली बनेपछि हरियो नै गाउँको पहिचान बनेको भूमे ३ सिमाका रविन्द्र पुनले बताउनुभयो । ‘गाउँपालिकाको हरियो रङ लगाउने कार्यक्रमले हामीलाई घरआँगन सरसफाइमा प्रेरणा मिलेको छ’ पुनले भन्नुभयो, ‘घरछिमेक सिँगारेर सफा गर्नुपर्ने रहेछ भन्ने ज्ञान आएको छ ।’ जानकारी अनुसार अन्य ठाउँबाट हेर्दा हरियो गाउँ देखिएपछि भूमे नै हो भन्ने चिन्न सजिलो पनि भएको छ ।
हरियाली गाउँ बनाउनको लागि भूमे गाउँपालिकको पछिल्लाे गाउँसभाबाट निर्णय भएको थियो । जस अनुसार भूमे गाउँपालिकाले ‘ग्रीन भूमे, क्लिन भूमे’ को नारा सहित अभियान सञ्चालन गरेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले हरेक घरलाई निशुल्क पाँच किलो हरियो रङ दिने निर्णय र कार्यान्वयन गरेको छ ।
‘उक्त रङले नपुगे घरधनीले आफै थप्नुपर्ने निर्णय भएको थियो र कोही कोहीले थपे पनि,’ अध्यक्ष बुढाले भन्नुभयो, ‘हरियो टोल निर्माण गर्ने अभियानले तीव्रता पाइरहेको छ, ३ हजार ८ सय ३६ घरदूरीमध्ये हालसम्ममा ४० प्रतिशत घर हरियो बनेका छन् ।’
गाउँ टोल हरियाली बनाउन गाउँपालिकाले अघिल्लाे वर्षदेखि नाङ्गो वनपाखामा विरुवा रोप्ने काम पनि गर्दै आइरहेको छ । नाङ्गो पाखामा वृक्षारोपण गरेर हरियो गाउँसँगै भूमेकाे वातावरण नै हरियो बनाइने गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।