भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
बाँके – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व रह्यो ।
बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय टीमले शीर्ष तीन स्थान हासिल गरे । जसमा पहिलो स्थानमा आर्मी, दोस्रो स्थानमा नेपाल पुलिस र तेस्रो स्थानमा सशस्त्र प्रहरीको एपीएफ रह्यो । आर्मीले एक सय ४० स्वर्ण, ८२ रजत र ६७ काश्यसहित दुई सय ८९ पदक हात पार्यो ।
दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र ४६ काश्यसहित कुल १ सय ५७ पदक आफ्नो नाममा लेखायो ।
त्यस्तै तेस्रो स्थानमा रहेको एपीएफले ५४ स्वर्ण, ६९ रजत र ८० काश्य पदकसहित २०३ पदक जित्यो ।
यस्तै पदक तालिकाको चौथो स्थानमा प्रदेश तीन रह्यो । उसले २२ स्वर्ण, ४० रजत र ६० काश्य पदक हात पार्यो ।
पाँचौ थानमा रहेको गण्डकी प्रदेशले १२ स्वर्ण, २१ रजत र ४४ काश्य सहित ७७ पदक जित्यो । प्रदेश पाँच ११ स्वर्ण, २६ रजत र ४८ काश्य सहित छैटाैं स्थानमा रह्याे ।
सुदूरपश्चिम प्रदशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य गरी ५४ पदक जित्न सफल भयो ।
यस्तै प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काश्य जित्यो । प्रदेश दुई र एनआरएनले समान ६–६ स्वर्ण हात पार्यो ।
विजेता टिम तथा खेलाडीलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनलगायतले बुधबार साँझ नेपालगञ्ज रंगशालामा ट्रफी प्रदान गर्नुभयो । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता दुई वर्षभित्र गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय भएको छ । प्रतियोगिताको समापन गर्दै कार्यवाहक राष्ट्रपति पुनले खेलकुदको विकासका लागि पूर्वाधार विकास र विस्तारमा जोड दिनुभयो ।
नेपाली खेलाडीले सीमित श्रोत र साधनका बाबजुद पाएको सफलताको प्रशंसा गर्दै खेलकुद र खेलाडीको प्रोत्साहनका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो ।
कसले कति पदक जिते ?
वैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु चैत २७ देखि सुरु भएका हुन् । प्रतियोगितामा ३५ खेलमा पाँच हजार बढी खेलाडी प्रतिस्पर्धी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।