फ्राइडे रिलिज : 'छ माया छपक्कै' देशैभर प्रदर्शन

 असोज २४, २०७६ शुक्रबार १२:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र 'छ माया छपक्कै' शुक्रबार (आज) देखि देशैभर प्रदर्शनमा आएको छ । 

दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, बुद्धि तामाङ लगायतको विशेष भूमिका रहेको छ ।

यो चलचित्र यसअघिको छक्का पञ्जा सिरिजभन्दा फरक रहेको निर्माण पक्षले बताएको छ । चलचित्रको कथा राजनीतिले प्रेममा पार्ने प्रभावमा घुमेको छ । 

रोहित अधिकारी निर्माता रहेको चलचित्रमा केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेका छन् । चलचित्रको कथा निर्देशक लामा, पटकथा दीपकराज गिरी र संवाद दीपक, केदार र जितु मिलेर लेखेका हुन् । 

यसअघि प्रदर्शन भैसकेको चलचित्रको जुनको जुनेली गीतलाई दर्शकले रुचाइसकेका छन् । चलचित्र दर्शकलाई कस्तो लाग्छ ? यसका लागि भने केही दिन कुर्नुपर्ने हुन्छ । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया