झापाका किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा धेरै ...
माघ १२, २०८१ शनिबार
कास्की - आठौँ संस्करणको आईएमई नेपाल साहित्य महोत्सवको अन्तिम दिन पोखरामा विभिन्न सेसनमा साहित्यप्रेमीको उल्लेख्य सहभागिता रह्यो ।
पोखराको तालवाराही चोक, लेकसाइडमा जारी महोत्सवमा अन्तिम दिन नायक विपिन कार्कीदेखि लेखक सौरभ, राजनीतिज्ञ प्रदीप गिरीसम्मले बहस गर्नुभयाे ।
सोमबारको पहिलो सत्र पात्रको तयारीमा विपिन कार्की, सुरक्षा पन्त र सौगात मल्लसँगस्वेच्छा राउतले छलफल गर्नुभएको थियो । यो सेसनमा उहाँहरुले महिनौँ लगाएर गरेको तयारीपछि फिल्म आउँदा आफूहरु उत्सुक हुने गरेको उहाँहरुको भनाइ थियो । फिल्मभरि अभिनय हुँदा त्यो नायकनायिका हुने र छोटो भूमिका हुँदा सहनायक हुने अवस्था नरहेको उहाँहरुले बताउनुभयाे ।
विदेशी मिडियामा नेपाल सेसनमा सुम्निमा उदास, दीपक अधिकारी र रजनीश भण्डारीकाे पावन माथेमासँग छलफल चल्याे । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा काम गरेका उदास, अधिकारी र भण्डारीले त्यहाँका सञ्चारमाध्यमले नेपालका विविध पाटोलाई कसरी हेरिरहेका छन् भन्ने बाहेक नेपालका सम्पदालगायत कला, संस्कृति आदिलाई कसरी बाहिर ल्याउन सकिन्छ भन्नेमा पनि बहस गर्नुभयाे ।
आफ्नै गाउँ फर्की आएँ शीर्षकमा अनुप बराल, राम गुरुङ र सरस्वती प्रतीक्षाले कर्मथलो छाडेर आफ्नो जन्मथलोबाटै सुकर्म गरिरहेका अर्थात् समाजको विकासमा केही गरौं भनेर लागिपरेका बराल र गुरुङले बाल्यकालदेखि युवावस्थासम्म आफ्नो गाउँठाउँलाई कसरी, कस्तोकस्तो अवस्थामा देखियो भन्नेबारे चर्चा गर्नुभयाे ।
इङ्लिस एन्ड भर्नाकुलर लिटरेचर्स इन साउथ एसिया शीर्षककाे बहसमा हरिश त्रिवेदीसँग सञ्जीव उप्रेतीले अन्तर्सम्वाद गर्नुभयो ।
छाउ विद्रोह शीर्षकमा मोहना अन्सारी, शृंखला खतिवडा, मेनुका ढुंगाना र राज सरगमले पश्चिम नेपालमा व्याप्त रुढीवादी परम्परा छाउबारे छलफल गर्नुभयो । छाउ जस्तो कुसंस्कार समाजमा व्याप्त रहेसम्म यहाँको विकास सम्भव नहुनेमा उहाँहरुले जोड दिनुभयाे ।
कहाँ आइपुग्यो सिंहदरबार ? सत्रमा पोखरा महानगरका नगरप्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र मुख्य सचिव सोमलाल सुवेदीलाई अमृत सुवेदी सहजीकरण गर्नुभएकाे थियाे । छलफलमा नेपाल संघीयतामा गएर तीनै तहको निर्वाचन भएर गाउँगाउँमा सिंहदरबार जाने भनिए पनि जनताले त्यो सुविधा नपाएको उहाँहरुले बताउनुभयाे ।
शिवालिक सभ्यतासम्बन्धी सेसनमा एकल प्रस्ताेताका रुपमा सौरभको यसकाे सुरुवात, यसबारेका भ्रम, यसको विस्तारलगायत विषयमा आधारित रहेर आफ्ना अभिव्यक्ति सार्वजनिक गर्नुभयाे । शिवालिकको एकतिहाइ दक्षिण र उत्तर क्षेत्र लिएर नेपाल निर्माण भएको उहाँले बताउनुभयो ।
हाउ सेल्फी जर्नलिज्म इज अन्डस्ट्र्यान्डिङ डेमोक्रेसी सेसनमा विभिन्न वक्ताहरुले पछिल्लो समय पहिलो हुने नाउँमा जथाभावी समाचार प्रसारण गरिरहेको अवस्थाबारे चर्चा परिचर्चा गर्नुभयाे । त्यसले लोकतन्त्रमै खतरा निम्त्याउने उहाँहरुको भनाइ थियो ।
कार्यक्रममा कुलदीप कुमारले हिन्दी कविता वाचन गर्नुभएकाे थियाे भने प्रदीप गिरीले मानुषी विमर्शमा आफ्ना धारणा राख्नुभएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।