मंगलबारको खबर : पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसलादेखि चितवनमा धुर्मुसको ठेला पसलसम्म

 पुष १, २०७६ मंगलबार २०:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मंसिर सकिएर पुस सुरु भएको मंगलबार काठमाण्डौसहित देशभर चिसो बढेको छ । चिसोको यो दिन छिमेकी पाकिस्तानका एक पूर्व राष्ट्रपतिलाई अदालतले सुनाएको फैसलाले नेपाली राजनीतिलाई समेत थोरै तताएको छ । 

देशभित्रको कुरा गर्दा सूचना प्रविधि अभियन्ता महावीर पुनले आफूलाई बैंकले ऋण नपत्याएको भन्दै फेसबुकमा गर्नुभएको गुनासो र चितवनमा क्रिकेट रंगशाला बनाउँदै गरेका कलाकार सिताराम कट्टेल धुर्मुसले सहयोग जुटाउने अभियानअन्तर्गत ठेला पसल चलाएको खबरले बढी चर्चा पाएको छ ।

वर्ष दिनपछि आइतबारदेखि सुरु भएको सत्तारुढ नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा सभामुख चयन प्रक्रिया छिटो टुंग्याउन नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । 

अनि झापा र विराटनगरमा भएका विवाहका दुईवटा घटना पनि चर्चामा छन् । झापामा बेहुली लिन गएका बेहुला जरीवाना तिरेर फर्किएका छन् भने विराटनगरमा चाहिँ बिहेको अघिल्लो दिन बेहुला पक्राउ परेका छन् ।

मंगलबारका मुख्य खबर पढ्नुहोस् :

महावीर पुनको गुनासाे : ऋण दिन बैंकले मलाई पत्याएन, विदेशमा बस्नेले सहयाेग गर्नुस्

धुर्मुसको ठेला पसल - ‘ल आयो आयो सुन्तला, बदाम, केरा !’

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई अदालतले सुनायाे मृत्युदण्डकाे सजाय

नेकपा स्थायी कमिटी बैठक : सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग

विराटनगरमा बिहेको अघिल्लो दिन बेहुला पक्राउ : प्रहरीको घेरामा बिहे सम्पन्न

बेहुलीलाई सिन्दुर हाल्न खाेज्दा बेहुलाकाे हात उठेन, बेहुला पक्षले ४ लाख जरिबाना तिरे

घुस लिएकाे आराेपमा गुठी संस्थानका प्रमुख प्रशासक र उप–प्रशासक पक्राउ

नेपाल एअरलाइन्सलाई ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’

बेलायतबाट धेरैभन्दा धेरै पर्यटक नेपाल पठाइदिनुस : अर्थमन्त्री खतिवडा

विद्या भट्टराईद्वारा सांसद पदकाे शपथ ग्रहण

नेपाली कांग्रेसका नेता ढुङ्गेलको निधन

पाँच महिनामा विकास बजेट खर्च ९ प्रतिशतमात्रै, बाँकी ७ महिनामा ३ खर्ब ७१ अर्ब खर्च गर्नुपर्ने

परदेशमै हराउँछन् श्रमिक, आवश्यक कागजात परिवारसँग नहुँदा खोज्न असहज

पाेखरा प्रिमियर लिग : चितवन राइनाेजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया