भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - सत्तारुढ नेकपाले राजीनामा गर्न भने पनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीले आफूलाई राजीनामा दिन लगाउनेबारे कुनै जानकारी नभएको भन्दै आइतबारको संसद बैठक आफैंले सञ्चालन गर्ने प्रतिक्रिया दिनुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी २० को नयाँ वरीयतामा नेपालका ४ खेलाडी परेका छन् । नयाँ वरीयतामा पर्नेहरुमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् । वरीयतामा पारस खड्का अलराउण्डरतर्फ विराट काेहली, हार्दिक पाण्डे र रशिद खानभन्दा अगाडि छन् ।
इरानको सेनाले झुक्किएर क्षेप्यास्त्र प्रहार गर्दा युक्रेनी विमानमा लागेर दुर्घटना भएको स्वीकार गरेको छ । इरानले यसअघि विमान प्राविधिक कारणले आफै दुर्घटना भएको जिकिर गर्दै आएको थियो । गएको बुधबार तेहरान विमानस्थलबाट उडेको युक्रेनको विमान दुर्घटनामा हुँदा १ सय ७६ जनाको ज्यान गएको थियो ।
प्रदेश ३ को नाम र राजधानीको लागि भोलि आइतबार मतदान हुने भएको छ ।
हेर्नुहोस् आज दिनभरका मुख्य प्रसँग :
राजीनामा दिनेबारे जानकारी छैन, भोलिको संसद बैठक चलाउँछु–उपसभामुख तुम्बाहाम्फे
धनुषा हत्या प्रकरणका आरोपित उद्योगी महतो पक्राउ : मुचुल्का विवादले पोष्टमार्टम हुन सकेन
सभापतिसँग पार्टी सञ्चालनको योजना छैन, नेतृत्व परिवर्तन हुन्छ : कांग्रेस महामन्त्री कोइराला
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।