भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - माघ लाग्यो । विवाहको लागि साइत खोज्नेहरुका लागि अब यो वर्ष २० दिन बाँकी छ । माघ २, ४, १५, १६, १७, २१, २६, २७ र २९ तथा फागुन ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको लागि साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
अबको दुई महिनामा २० दिन लगनको साइत भए पनि अर्को वर्ष अर्थात २०७७ सालमा भने वर्षभरिमा जम्मा १८ दिन मात्र साइत रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो । आउँदो वर्ष वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४÷४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन छ ।
वैशाख १३, १४, १९, २०, २२, २३ र २५ गते, जेठ ४, ५, १० र ३१ गते, असार ११, १३ र १४ गते तथा मंसिर १६, २१, २२ र २६ गते मात्र विवाहको लागि साइत रहेको ढुंगेलले बताउनुभयो । असोजमा मलमास परेको र मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा विवाहको लगन नभएको उहाँको भनाई छ ।
मलमासमा विवाह, व्रतबन्ध, अन्नप्रशान लगायत शुभ काम गर्न नहुने धार्मिक विश्वास छ ।
मलमासकै कारण २०७७ सालको दशैँ र तिहार पनि झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ ।
यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनुभयो । यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते कुकुर तिहार र लक्ष्मीपूजा, ३० गते गोबर्द्धन तथा म्हपूजा र मंसिर १ गते भाइटीका परेको छ । मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।