पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता भुक्तानी गरेको छ ।
निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई ओटा वाइडबडी र न्यारोबडी खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता बापतको रुकम तिरेको हो ।
निगमले १ अर्ब १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे रुपैयाँ भुक्तानी गरेको छ । निगमले दुई ओटा वाइडबडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार ७ सय ७० र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय २३ रुपैयाँ तिरेको छ ।
नेपाल एयरलाइन्सले जहाज किन्दा लागेको ऋणको किस्ता हरेक तीन-तीन महिनामा भुक्तानी गर्नुपर्छ । निगमले गएकाे असार र साउनमा दुई ओटा वाइडबडी जहाज ल्याएको थियो ।
निगमले लगानी कोष र सञ्चय कोषबाट नौ प्रतिशत ब्याजदरमा २४ अर्ब रुपैयाँ ऋण लिएर दुई ओटा वाइडबडी विमान खरिद गरेको थियो भने झण्डै ८४ करोड रुपैयाँमा न्यारोबडी खरिद गरेको थियो ।
न्यारोबडीको उडान नाफामा भए पनि वाइडबडीले गन्तव्य नपाउँदा निगमले ठूलो नोक्सान ब्यहोर्दै आएको थियाे । लगानी कोष र सञ्चय कोषले अघिल्लो आर्थिक वर्षसम्मको किस्ता तिर्न नसकेपछि निगमले तिर्नुपर्ने ब्याजलाई स्याजमा परिणत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।