कुम्भमेलाबाट फर्किँदै गर्दा तीर्थालु चढेकाे गाडी दुर्घटना, रुप...
फागुन ५, २०८१ सोमबार
काठमाण्डाै – पूर्व मिस नेपाल उषा खड्गी र उनका श्रीमान् जीपी तिमिल्सिनाले सम्बन्ध विच्छेद गरेका छन् ।
उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट छुट्टिएको बताएकी छिन् । जीपी तिमिल्सिनासँग १९ वर्षअघि चिनजान भएको र विवाहको भएको १७ वर्षपछि उनले सम्बन्ध विच्छेद गरेकी हुन् ।
उषाले सन् २००० मा मिस नेपालको उपाधि जित्दा जीपी तिमिल्सिना टेलिभिजन प्रस्तोता थिए । त्यही समयमा एक अर्काको प्रेममा परेका यी दुइले दुई वर्ष लामाे प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।
उषाले आफ्नो सम्बन्ध विच्छेदको विषयमा एक टेलिभिजन कार्यक्रममा बोल्दै भनिन्, ‘चिनजान भएको १९ वर्ष र विवाह गरेको १७ वर्ष पूरा भइसक्दा पनि आफूले शारीरिक र मानसिक पीडा सहँदै आए, यदि अहिले पनि बोलिएन भने कहिले बोल्ने भन्ने सोचेर यो निर्णय लिएकी हुँ ।'
भिडियोमा उषाले यसो भनिरहँदा उनी भक्कानिएर आँशु झार्न पुगेकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Narayan
Sept. 24, 2021, 8:37 a.m.किन यस्तो हुँदैछ नेपालमा ? फेसन जस्तै भयो सम्बन्ध बिच्छेद /
कोयू अर्जुन
March 15, 2020, 1:14 p.m.डिसहोमको विभिन्न एडहरुमा देखिने यी जोडीलाई हेर्दा लाग्थ्यो दाम्पत्य जीवन होस् त यस्तो , आज यस्तो समाचार पढ्दा सारै दुःख लाग्यो । हुनत सबै मान्छे बाहिर देखिए जस्तो नहुन नि सक्छ ।