कोरोना रोकथाम : २५ जनाभन्दा धेरै भेला हुन नपाउने, जिम र फिल्म हल बन्द गरिने

 चैत ५, २०७६ बुधबार १६:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोरोना भाइरस ( कोभिड-१९) रोकथामको लागि विभिन्न आदेश जारी गरेको छ ।

कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको सङ्क्रमण रोकथामको लागि फिल्म हल, जिम सेन्टर, रङ्गशाला, पौडी पोखरी, डान्सबार र क्लबहरु बन्द गर्ने निर्णय गरेको छ । 

बैठकले अत्यावश्यक कामबाहेक नागरिकलाई हिँडडुल गर्न पनि प्रतिबन्ध लगाएको छ । धार्मिक, सांस्कृतिक कार्यक्रममा २५ जनाभन्दा धेरैलाई भेला हुन रोक लगाइएको छ । यसको अनुगमन गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायले गर्नेछन् । 

गाडीमा भिडभाड नगर्न, क्षमताभन्दा धेरै यात्रु नबोक्न र गाडी चलाउनुअघि गाडीमा किटाणु मार्ने औषधि छर्न सरकारले निर्देशन दिएको छ । 

युरोपका सबै देश, पश्चिम एसिया, खाडी देश, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने यात्रु र ती देशलाई ट्रान्जिट बनाएर आउने सबै यात्रुलाई २० मार्चदेखि प्रतिबन्ध लगाउने निर्णय पनि समितिले गरेको छ । 

एसईई परीक्षाबाहेक बालविकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालय र विश्वविद्यालयको पढाइ चैत मसान्तसम्म रोक्न पनि सरकारले निर्देशन दिएको छ। 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पुरु आचार्य

    March 18, 2020, 5:05 p.m.

    स्कुल अनि कलेज मा चै आउदो रहेनछ यो कोरोना !

  •  0 Reply

तपाईको प्रतिक्रिया