भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
बर्दिया – निषेधाज्ञाका बेला अटेर गरेर राजमार्गमा मोटरसाइकल चलाउनेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ ।
राजमार्ग तथा बजार क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गरी मोटरसाइकल चलाउनेलाई इलाका प्रहरी कार्यालय भुरीगाउँले मङ्गलबारदेखि कारबाही सुरु गरेको हो ।
मङ्गलबार बिहान भुरीगाउँ बजारको पूर्व–पश्चिम राजमार्गमा गरिएको जाँचमा निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका ४० वटा मोटरसाइकलका चालक कारबाहीमा परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी सहायक निरीक्षक कृष्ण केसीले जानकारी दिनुभयो ।
निषेधाज्ञा पालना नगर्ने, अटेर गरी मोटरसाइकल चलाउने चालक र मास्कको प्रयोग नगरि बजारमा हिँड्नेलाई दुई घण्टा सडकमा रोकेर अबदेखि निषेधाज्ञा पालना गर्ने शर्तमा छाडिएको प्रहरी सहायक निरीक्षक केसीले बताउनुभयो । निषेधाज्ञा जारी भएको अवस्थामा पनि अटेर गरेर विना काम घरबाहिर निस्कने, मोटरसाइकल चलाउने, मास्क नलगाउने, निषेधाज्ञा पालना नगर्ने परिपाटी बढ्न थालेपछि बाध्य भएर कारबाही गर्नु परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो ।
कारबाहीमा परेकालाई कोरोना सङ्क्रमणको जोखिम, आम नागरिकले निर्वाह गर्नुपर्ने भूमिका र निषेधाज्ञा पालनाका सम्बन्धका बारेमा शिक्षा दिएर नियन्त्रणमा लिएको केही समयपछि छाडिएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।
समुदायस्तरमा कोरोना फैलिएको हुँदा यसको जोखिम नियन्त्रणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गर्दै घरमै सुरक्षित बस्न प्रहरीले आग्रह गरेको छ । बर्दियामा साउन २५ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।