ललितपुरकाे इमाडाेलमा लागेकाे आगाे नियन्त्रणमा आयाे

 कात्तिक २८, २०७७ शुक्रबार १५:०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको इमाडोलमा रहेको फोहरमैला व्यवस्थापन केन्द्रमा आगलागी भएको छ । दिउँसो साढे १२ बजे लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले ६ वटा दमकल र दुई वटा पानी ट्याङ्करकाे सहायतामा आगो निभाइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार आगलागीबाट त्यही राखिएका फोहर सङ्कलन गर्ने केही ट्रकमा आंशिक क्षति भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया