भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
बाँके – बाँकेमा यूरिया मलको अभाव भएको छ ।
किसानहरु मलका लागि स्थानीय सहकारी हुँदै नेपालगञ्जस्थित कृषि सामाग्री कम्पनी लिमिटेडको कार्यालयसम्म पुग्ने गरेका छन् । कृषि सामाग्री कम्पनीको नेपालगञ्जस्थित कार्यालयका प्रबन्धक नवलसिंह बोगटीका अनुसार पछिल्लो समय मल अभाव भएपछि किसानहरुले मोबाइल र कार्यालयमा फोन गरेर सोधीखोजी गर्ने गरेका छन् ।
कतिपय किसान कार्यालयमै पुग्ने गरेका छन् । गएको साउन २५ गतेसम्म केही न केही भए पनि यूरिया सहकारीलाई उपलब्ध गराउँदै आएको कृषि सामाग्री कम्पनीले तीन दिनयता मल अभावका कारण सहकारीलाई उपलब्ध गराउन सकेको छैन् ।
असार र साउन महिनामा कम्पनीले एक हजार ७ सय ७९ टन यूरिया किसानलाई उपलब्ध गराएको छ । गएको वर्ष दुई महिनामा दुई हजार १ सय १४ टन यूरिया उपलब्ध गराइएको क्षेत्रीय प्रबन्धक बोगटीले जानकारी
दिनुभयो ।
यसैगरी डीएपी मल गएको वर्ष असार र साउनमा ६ सय ४५ टन बिक्री भएकोमा यस वर्ष असार र साउनमा एक हजार ४९ टन बिक्री भएको छ । कृषि सामाग्री कम्पनीमा अहिले १ सय ८३ मेट्रिक टन डीएपी र ९ टन पोटास मल स्टक भए पनि यूरिया भने छैन् । यूरिया मलको खपत मध्ये ५० प्रतिशत भन्दा बढी असारदेखि भदौंसम्म हुने गरेको छ ।
वर्षा भएपछि किसानहरु मलको खोजीमा लाग्ने गरेका छन् । कृषि सामाग्री कम्पनीले जिल्लामा रहेका एकसय भन्दाबढी सहकारीलाई रासायनिक मल बिक्री गर्दै आएको छ ।
कृषि सामाग्री कम्पनीबाट मल खरिद गरी सहकारीले गाउँमा किसानलाई उपलब्ध गराउने गरेका छन् । कम्पनीले सहकारीलाई यूरिया प्रति टन १५ हजार ९ सय २० रुपैयाँ, डीएपी प्रति टन ४४ हजार ९ सय २० र पोटास प्रति टन ३२ हजार ९ सय २० रुपैयाँमा उपलब्ध गराउँदै आएको छ ।
कलकत्ता आइपुगेको मल भैरहवा हुँदै एकसाताभित्र आइपुग्ने कृषि सामाग्री कम्पनीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।