देशका विभिन्न ठाउँमा दुर्घटना : सात जनाको ज्यान गयो, महोत्तरी...
फागुन २३, २०८१ शुक्रबार
काठमाण्डौ – आन्तरिक राजस्व विभागले गएको आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने १५ व्यक्ति तथा संस्थाको नाम सार्वजनिक गरेको छ । हरेक वर्ष कर दिवसको अवसरमा उत्कृष्ट १५ करदातालाई सम्मान गर्दै आएको विभागले यो वर्ष पनि विभिन्न विधाका उत्कृष्ट करदाताको नाम सार्वजनिक गरेको हो ।
विभागका अनुसार व्यक्तिगत रूपमा सबैभन्दा धेरै आयकर तिर्ने विजयबहादुर शाह सम्मानित हुनुहुने भएको छ । शाहका जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरी कम्पनी रहेका छन् ।
यस्तै सबैभन्दा धेरै पाँच अर्ब ३१ करोड आयकर तिरेको सूर्य नेपाल पनि सम्मानित हुने भएको छ । रेमिट्यान्सतर्फ आईएमई, व्यापार व्यवसायतर्फ अग्नि इन्कर्पोरेटेड र निर्याततर्फ डाबर नेपाल पनि सम्मानित हुने भएका छन् ।
यस्तै जलविद्युतमा हिमाल पावर कम्पनी, कृषि तथा पशुपंक्षी उद्योगमा अन्नपूर्ण एग्रोभेट, सहकारीतर्फ छिमेकी लघुवित्त, बैंकतर्फ नबिल बैंक, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, शिक्षण सेवातर्फ मणिपाल मेडिकल कजेल, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी सम्मानित हुने भएका छन् ।
यस्तै मध्यमस्तरीय करदातातर्फ कामना सेवा बैंक लिमिटेड, भ्याटतर्फ घोराही सिमेन्ट र भीएस सर्भिसेस प्रालि पनि उत्कृष्ट १५ करदातामा पर्दै सम्मानित हुने भएका छन् । उत्कृष्ट १५ करदातालाई कोरोना महामारी कम भए पछि सम्मान गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।