एनपीएल : विराटनगरले दियो जनकपुरलाई १ सय २८ रनको लक्ष्य
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न आवश्यक भएको बताउनुभएको छ ।
नवौँ राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन , प्रशासनिक पुनरावलोकन, बक्यौता असुली , बेरुजु फर्छ्याेट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिनुभयो ।
अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपूर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो । उहाँले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुत भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गर्नुभयो ।
आर्थिक वर्ष २०७६/०७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व सङ्कलन हुने गरी कर सहभागिता जनाउनुहुने सबै करदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।