ओली र देउवाको भेटपछि कांग्रेस प्रवक्ताको प्रतिक्रिया - 'नेकपाको द्वन्द्वमा कांग्रेस फस्दैन'

 मंसिर ८, २०७७ सोमबार ६:५४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भैरहेको बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने बताउनुभएको छ । कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उहाँको भनाइ छ ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ : भ्रम ; 'कोही कसैलाई केही छ भने ! ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई l अत कुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौँ l नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं l अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौंँ l जय नेपाल !'

सत्तारुढ नेकपाभित्रको विवाद बढिरहँदा शनिबार ओली र देउवाबीच बालुवाटारमा भेट भएको थियो । भेटबारे दुवै पक्षले केही खुलाएका छैनन् । तर दुई शीर्ष नेताबीच सत्ता साझेदारीको विषयमा कुराकानी भएको अड्कलबाजी गरिएको छ । पार्टी विभाजन भएमा ओलीले कांग्रेससँग मिलेर सरकार चलाउने तयारी गर्नुभएको चर्चा चल्दै आएको छ ।

 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया