अमेरिकाले १ हजार ३ सय ६५ जना नेपालीलाई निष्कासन गर्ने
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग नयाँ सरकारको समीकरणबारे औपचारिक छलफल गर्नुभएको हो ।
सभापति निवास बूढानीलकण्ठमा भएको तीन दलको बैठकमा माओवादी र जसपाबीच सत्ता समीकरणको विषयमा छलफल भएको छ । सभापति देउवाले कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव राख्दै त्यस सम्बन्धमा धारणा माग गर्नुभएको थियो । कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा नेकपा माओवादी सकारात्मक रहे पनि जसपाका नेताहरूले पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै केही समय माग गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जसपाका अध्यक्ष महन्थ ठाकुरले पहिलो पटक कांग्रेसको तर्फबाट सरकार गठनको प्रस्ताव आएकाले त्यसबारे पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा बैठकमा राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘छलफल गर्न बाँकी नै छ । कांग्रेसले सरकार बनाउन तपाईँहरूले सहयोग गर्नुपर्याे भनेर आयो । तीनै दल मिलेर सरकार बनाऔँ । हामीले पार्टीमा छलफल भएको छैन भन्याैँ । अब पार्टीभित्र स्पष्ट छलफल गर्छाैँ भन्यौँ ।’
जसपाका कारण सरकार गठन प्रक्रिया रोकियो नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘सरकार बनाउनेले त आज प्रस्ताव गर्नुभएको छ मेरो कारणले रोकिएको हो ? जसपाको कारणले ?’
नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले बैठकमा नेपाली कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव सभापति देउवाले गरेको बताउनुभयो । प्रधानमन्त्री ओली सर्वसत्तावादी भएको र राज्य सत्ता कब्जा गर्न खोजेको भन्दै देउवाले ओलीबाट लोकतान्त्रिक चुनाव हुन नसक्ने भन्दै ओलीको विकल्पमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्ताव अघि सारेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
जसपाका नेता ठाकुरले पहिलो पटक औपचारिक रूपमा नेपाली कांग्रेसले केपीको विकल्पमा नयाँ सरकार बनाउने प्रस्ताव अगाडि सारेकाले त्यस प्रस्तावका बारेमा छलफल गरेर निर्णय लिनुपर्छ भन्ने धारणा राखेको नेता श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी आफ्ना नेताहरूमाथि लागेको मुद्दा र बन्दी रिहाइको विषयमा पनि नेता ठाकुरले कुरा राख्नुभएको उहाँले बताउनुभयो । नेकपा माओवादीले भने देउवाको प्रस्तावलाई सकारात्मक लिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको तर्फबाट हामीले संविधानको भावनाविरुद्ध गएको, प्रतिनिधि सभालाई विघटन गरेको र सम्पूर्ण रूपले निरङ्कुश दिशातिर अघि बढ्न खोजेको केपी ओलीको सरकारलाई हटाएर संविधान र लोकतन्त्रलाई रक्षा गर्न चाहने शक्तिहरूको सरकार बनाउनु आवश्यकता छ भनेर हामीले भन्दै आएका छौँ । अहिले नेपाली कांग्रेसले औपचारिक रूपमा निर्णय गरेर त्यसो गरौँ न भनेर आएकाे प्रस्तावलाई हामी सकारात्मक रूपमा लिएर स्वागत गर्छौँ र जसपाले छिटै निर्णय गर्ने भनेकाले हामी छिटो भन्दा छिटो यो निर्णय होस् भन्ने चाहन्छौँ भनेर भन्यौ ।’
आफूहरूले ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्छ भन्ने कुरा गर्दै आएको भन्दै उहाँले नयाँ सरकारले संविधानको रक्षा गर्ने प्रतिबद्धता गर्नुपर्ने बताउनुभयो । सरकारलाई दिएको समर्थन फिर्ता कहिले लिने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले ओलीको विकल्पको सरकार बन्ने सुनिश्चित भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गरेकोबारे औपचारिक जानकारी गराउने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक अन्याेलको स्थिति देशमा कायम नरहोस् भनेर केपी ओलीको सरकारको विकल्पमा नयाँ बहुमतको सरकार बनाउन चाहन्छौँ । त्यसको सुनिश्चित भएपछि त्यो प्रक्रियाभन्दा अगाडि नै हामीले समर्थन नरहेको कुरा जानकारी गराउँछौँ । बहुमतको सरकारको सुनिश्चितता भएन भने पनि यो सरकारप्रति हाम्रो समर्थन रहेको छैन भनेर हामीले औपचारिक रूपमा जानकारी गराउँछौँ ।’
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठन सम्बन्धमा कांग्रेसले गरेको पहल स्वरूप बसेको पहिलो बैठक सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । छलफल पूरै सकारात्मक भएको भन्दै जसपाले छिटै निर्णय गर्ने र अर्को बैठक पनि चाँडै नै बस्ने विश्वास आफूले लिएको बताउनुभयो ।
केन्द्रीय समिति बैठकले संस्थागत रूपमा गरेको निर्णय अनुरूप कांग्रेसले छलफल अघि बढाएको र नयाँ सरकारको समीकरणको सम्बन्धमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति र महामन्त्रीलगायतको उपस्थितिमा साझा रूपमा सरकार गठनको प्रस्ताव गरिएको प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो ।
प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्छ भनेर भएको यो पहिलो बैठक हो । यसअघि पार्टीहरूले आन्तरिक र दुई पक्षीय छलफल गरे पनि सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा संयुक्त छलफल गरेका थिएनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।