फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
नेपालगञ्ज – नेपालगञ्जमा सडकमा फोहोर थुपार्नेलाई कारबाही सुरु गरिएको छ ।
नेपालगञ्जको कारकादौंमा रहेको होण्डाको शोरुमलाई सडकमा फोहोर थुपारेको भन्दै वडा नम्बर १८ ले शुक्रबार १५ हजार रुपैयाँ जरिवानाको पत्र थमाएको छ । वडा अध्यक्ष र नगर प्रहरीसहितको टोलीले जरिवाना गराएको हो ।
वडा अध्यक्ष दिपक बर्माले सडकमा संकलन गर्न नसकिने गरी फोहोर नफाल्न पटक–पटक अनुरोध गर्दा पनि अटेर गरेपछि जरिवाना गराइएको जानकारी दिनुभयो ।
जरिवानापत्रमा जथाभावी फोहोर नगर्न र हाल जम्मा भएको फोहोर पनि तत्काल हटाउन निर्देशन दिइएको छ । कारकादौंको मूल सडकमा जम्मा भएको फोहोर संकलनका लागि हरेक बिहान ट्रयाक्टर आउने गरेको छ । तर होण्डा शो रुमले भने धेरै दिनको फोहोर एकैपटक जथाभावी सडकपेटीमा फाल्दा संकलनमा कठिनाई भएको उपमहानगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।