मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द

 असार २४, २०७८ बिहीबार १४:२७:९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द भएको छ । बुधवार बेलुकादेखि निरन्तर परेको झरीका कारण आएको पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको मुसिकोट–चौरजहारी सडक खण्ड र राप्ती राजमार्गको मुसिकोट–सल्यान सडक खण्ड बन्द भएकाे हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी कपिलजंग शाहीका अनुसार मध्यपहाडी लोकमार्गकाे रुकुम पश्चिम खण्डको सानीभेरी गाउँपालिकाको सुलिहाले लगायत पुर्तिमकाँडा, गिठाकोट, मुसिकोट नगरपालिकाको छिवांग लगायतका ठाउँमा पहिरो आएको छ ।

अहिले पनि पहिरो झरिरहेकाले सम्बन्धित पक्षले पहिरो पन्छाउने अवस्था नरहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयाे ।  

त्यसैगरी निरन्तरको झरीका कारण राप्ती राजमार्गको पितिवांग खोलामा आएको बाढीले धार परिवर्तन गरेर बाटो बन्द भएको छ । त्यही ठाउँकाे काले खोलामा आएको पहिरोका कारण राप्ती राजमार्ग बन्द भएकाे छ ।   

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया