नेप्से ४५ अङ्कले घट्यो, झन्डै १० अर्ब रुपैयाँको कारोबार

 असार २८, २०७८ सोमबार १६:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार ७४ अङ्कले बढेको शेयर बजार परिसूचक आज साेमवार भने ४५ अङ्कले घटेको छ । म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४५ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार आठ सय ५४ दशमलव ७६ विन्दुमा झरेको छ । 

आज बैंकिङ समूहको शेयर साढे २२ अङ्कले, विकास बैंकको शेयर ९८ अङ्कले, व्यापार र जलविद्युतको ६० अङ्कले, होटलको एक सय ६ अङ्कले र उत्पादन समूहको शेयर एक सय १८ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको शेयर २१ अङ्कले, माइक्रोफाइनान्स समूहको शेयर ७२ अङ्कले, जीवन बीमा समूहको दुई सय ५४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर दुई सय ४० अङ्कले, अन्यको ३१ अङ्कले र लगानी समूहको शेयर झन्डै तीन अङ्कले घटेको छ । 

आज दुई सय २९ कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर नौ अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको ४७ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । 

आज युनियन र खानीखोला हाइड्रो तथा ओरियन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि समृद्धि फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया