शेयर बजार चार अङ्कले बढ्यो, झन्डै ११ अर्ब रुपैयाँको कारोबार

 साउन १८, २०७८ सोमबार १५:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक सय २४, उत्पादनको ४२ र लगानी समूहको शेयर दुई अङ्कले बढेको छ । होटल, विकास बैंक, जलविद्युत्, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर घटेको छ ।

आज सुरुमा बजार बढेर तीन हजार ९९ विन्दुसम्म पुगेको थियो । बजार खुलेको केहीबेर सम्म जलविद्युत् समूहको शेयर बढेर हरियाली छाए पनि बन्द हुने बेलामा घटेको छ ।

आज दुई सय २६ कम्पनीका दुई करोड १८ लाख कित्ता शेयर १० अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली जलविद्युतको ३७ करोड ७५ लाख र युनिभर्सल पावर कम्पनीको ३५ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

आज घलेम्दी हाइड्रो र गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै फर्स्ट माइक्रोफाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेपाल हाइड्रो र युनाइटेड मर्दी जलविद्युत् समूहको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया