भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
रुकुम पश्चिम - रुकुम पश्चिमको एक सरकारी विद्यालयका शिक्षकले साउनदेखि तलब पाएका छैनन् ।
बाँफिकोट गाउँपालिका वडा नम्बर ९ मा रहेको जनकल्याण माध्यमिक विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकको तलब नपाएका हुन्।
कार्तिक महिनामै दिनुपर्ने तलब अहिलेसम्म नदिएपछि विद्यालयमा कार्यरत १४ जना शिक्षक मर्कामा परेका विद्यालयका प्रधानाध्यापक धर्मसिंह केसीले बताउनुभयो ।
प्रधानाध्यापक केसीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम देवकोटा विद्यालयमा जानकारी नदिइ सम्पर्कविहीन भएकाले तलब खुवाउन नसकिएको छ ।
उहाँका अनुसार शिक्षकहरुको तलब गाउँपालिकाले बैंक खातामा दशैँ अगाडि नै जम्मा गरेको छ।
खातामा अध्यक्ष देवकोटाको हस्ताक्षर अनिवार्य रहेकाले पैसा निकाल्न नसकिएको प्रधानाध्यापक केसीको भनाइ छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।