भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
रुकुम - रुकुम पश्चिममा हिजाे बेलुका चट्याङ्ग लागेर चार जना घाइते भएका छन्।
जिल्लाको त्रिवेणी गाउँपालिका-९ की ४० वर्षकी रेवती कामी, ७३ वर्षका वीरपत खड्का, ५३ वर्षकी मनकला ओली र ३४ वर्षकी झरना डाँगी चट्याङ्ग लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनु भयाे ।
प्रहरी निरीक्षक शर्माका अनुसार घाइतेमध्ये वीरपत, मनकला र झरनाको अवस्था गम्भीर भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । रेवतीको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
चट्याङ्ग लागेर त्रिवेणी गाउँपालिका-७ का गुमानसिंह ओलीको घरमा सामान्य क्षति पुगेकाे छ भने त्रिवेणी गाउँपालिका-९ का मानसिङ केसीका तीन ओटा बाख्रा मरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।