भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
रुकुम पश्चिम – जाजरकाेटमा दुई ओटा बच्चा जन्माएकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-५ की २५ वर्षीया सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरिएको हो । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर आज सुर्खेत लगिएको छ ।
स्थानीय स्वास्थ्य संस्थामा दुई वटा जुम्ल्याह छोराको जन्म दिनुभएकी रावललाई रक्तअल्पताको कारण समस्या बढेपछि गएकाे पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना गरिएकी सरस्वतीको शरीरमा कडा खालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान बिरामीका आफन्तलाई सल्लाह दिएको थियो । सुत्केरी महिलाका दुई जुम्ल्याह छोराको स्वास्थ्य अवस्था भने सामान्य अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ ।
कमजोर आर्थिक अवस्था भएकाले उहाँकाे उद्धारको लागि कुशे गाउँपालिकाकै वडा नम्वर १ का वडा अध्यक्ष गोपाल नेपालीले पहल गर्नुभएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।