नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
रसुवा – रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र चिनको केरूङ जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको भर्चुअल वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयातको परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
नौ वटा कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी आउने मंगलबारदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उहाँले बताउनुभयो । चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि यहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ ।
कोरोना सङ्क्रमणपश्चात् सीमा क्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टेनरबाट आयात सुरू गरेको थियो । दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनर मार्फत सामग्री ल्याउन थालेपछि नेपालतर्फ रहेको २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा बढेको नेपाली व्यवसायीले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।