भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
बाँके – बाँकेको खजूरामा सोमबारदेखि सुरु भएको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक नेपालगञ्ज–११ ले विजयी सुरुवात गरेको छ ।
खजूराको डी गाउँस्थित खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा एपीएफलाई २ गोलले हराउँदै आयोजक नेपालगञ्ज–११ ले विजयी सुरुवात गरेको हो ।
नेपालगञ्जका तर्फबाट बिक्रमसिंह ठकुरीले खेलको चौथो मिनेटमा गोल गरेका थिए भने ४४ औं मिनेटमा बिमल रानाले थप एक गोल गर्दै अग्रता फराकिलो बनाएका थिए ।
खेलमा म्यान अफ द म्याच ठकुरीलाई मोबाइल प्रदान गरियो । प्रतियोगिता अन्तर्गत मङ्गलबार सीएमजी संकटा र सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुने छ ।
७५ लाख राशीको लागतमा हुने २८ प्रतियोगितामा नेपालगञ्ज ११, लाली रुपन्देही ११, सुदूपश्चिम ११, सशस्त्र प्रहरीको एपीएफ, फ्रेण्डस क्लब ललितपुर र सीएमजी संकटा क्लब गरी ६ समूहको सहभागिता रहेको आयोजक बाँके जिल्ला फुटवल सङ्घका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापन जेठ २६ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेले ५ लाख, दोस्रो हुनेले दुई लाख ५१ हजार रुपैयाँ पुरस्कार दिइनेछ । यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई मोबाइल प्रदान गरिने भएको छ । प्रतियोगिताका उत्कृष्ट किपर, डिफेण्डर, मिडफिल्डर, रक्षक र स्ट्राइकरलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।