काठमाण्डाैकाे फाेहर व्यवस्थापन गर्ने जिम्मेवारी सत्ता गठबन्धनकाे हाे : सांसद राई

 जेठ २६, २०७९ बिहीबार १५:५५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईले काठमाण्डाैकाे फोहर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारूढ गठबन्धनको भएको बताउनुभएको छ । 

आज बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सदस्य राईले काठमाण्डाैकाे फोहोर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्रै नभइ सत्तारूढ गठबन्धनकाे पनि भएको बताउनुभएको हो । उहाँले फोहोरमैला व्यवस्थापनको काममा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न गठबन्धनका शीर्ष नेताहरूको ध्यानाकर्षण पनि गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘काठमाण्डाैकाे फाेहर व्यवस्थापन गर्ने जिम्मेवारी गठबन्धनकाे हाे । मैले मन्त्रालय र प्रधानमन्त्रीको मात्रै ध्यानाकर्षण गरिरहेको छैन । गठबन्धन सञ्चालन गर्ने नेतृत्वमा रहनुभएका जिम्मेवार व्यक्तिहरूलाई पनि याे जिम्मेवारी छ । तपाईँहरूले अविलम्ब फोहोरमैला व्यवस्थापन गर्नका लागि जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने कुरालाई म ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद राईले फोहरको व्यवस्थापनका लागि काठमाण्डाै महानगरपालिकाका मेयरलाई उपमेयरकाे साथ हुने उल्लेख गर्दै संयमताका साथ अघि बढ्न मेयरलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया