आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
अमेरिकाका दुई वटा युद्धपोत ताइवान स्ट्रेट हुँदै अगाडि बढिरहेका अमेरिकी नौसेनाले जनाएको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न तनावमाझ अमेरिकाकाे यो पहिलो अभ्यास हो । पेलोसीको भ्रमणपछि चीनले सैन्य अभ्यास गरेको जलक्षेत्रमा अमेरिकाका युद्धपोत अघि बढिरहेका बीबीसीले जनाएको छ ।
अमेरिकाका ती दुई गाइडेड मिसाइल क्रुजरहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा स्वतन्त्र रूपमा आउजाउ गर्न पाउने अधिकार प्रयोग गरिरहेका अमेरिकी नौसेनाले जनाएको छ । त्यो जलमार्गमा पछिल्ला वर्षहरूमा अमेरिका र अरू पश्चिमा नौसेनाले नियमित रूपमा आउजाउ गर्ने गरेका छन् । ताइवान टापुलाई चिनियाँ भू–भागको अभिन्न अङ्ग मान्दै आएको चीनले भने त्यस्ता कार्यलाई उक्साहटपूर्ण ठान्छ ।
यसैबीच चिनियाँ सेनाले ती दुई युद्धपोतको यात्रालाई निगरानी गर्दै उच्च सतर्कता कायम गरेको बताएकाे रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले ती पानीजहाजहरू दक्षिणी दिशामा रहेकाे र आफ्ना फौजले त्यसलाई निगरानी गरिरहेको बताएको छ । ताइवानको विषयलाई लिएर पछिल्लो समय अमेरिका र चीनबीच विवाद बढिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।