मेयरले लेखा अधिकृतलाई झापड हानेपछि कर्मचारी आन्दोलनमा

 असोज ११, २०७५ बिहीबार २०:४३:५० | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव साहले लेखा अधिकृत पवनकुमार अधिकारीमाथि हातपात गरेको विरोधमा निजामती कर्मचारीहरु आन्दोलित भएका छन् ।

मुद्धा दर्ता तथा कारबाही प्रक्रिया अगाडि नबढेसम्मको लागि जिल्लाभरिमा रहेको कार्यालयका आर्थिक प्रशासनसम्बन्धी कामकाज ठप्प पार्ने भएका छन ।

निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा  असोज १२ गतेदेखि असोज १४ गतेसम्म ३ दिन आर्थिक प्रशासनसम्बन्धी कामकाज ठप्प पार्ने जनाइएको छ । 

साथै युनियनको जिल्ला कार्य समितिले प्रचलित ऐन, नियम र कानुन भएको अवस्थामा समेत जननिर्वाचित नगरप्रमुखले कर्मचारीमाथि अश्लील शव्दहरु प्रयोग गरी अभद्र व्यवहार गर्दै हातपात गरिनु दुःखद भएको बताएको छ ।

अघिल्लो आर्थिक वर्षको हिसाब बुझाउन नसक्दा कोलेनिकाले नयाँ आर्थिक वर्षको बजेट निकासा नगरेपछि महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले कार्यलयका लेखा अधिकृत पवनकुमार अधिकारी (यादव) सँग तीन महिनादेखि हिसाब मागेका थिए ।  

तर लेखा अधिकृत अधिकारीले हिसाब दिन आलटाल गरेपछि मेयर साहले बुधबार दिउँसो उनलाई आफ्नो कार्यकक्षमा बोलाएर दुई झापड लगाएका थिए ।

मेयरले कुटे लेखापाल, लेखापालले हाले मुद्दा

 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Yo galat tarika ho

    Sept. 27, 2018, 9:22 p.m.

    Jana pratinidhi ko yo niyet.

  •  0 Reply

तपाईको प्रतिक्रिया