भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
भुटानले दुई वर्ष भन्दा लामो प्रतिबन्धपछि विदेशी पर्यटकका लागि देशको सीमाना खुल्ला गरेको छ । कोरोना महामारीका कारण विदेशी पर्यटकका लागि प्रतिबन्ध लगाएकोमा कोरोना संक्रमणको जोखिम कम भएसँगै खुल्ला गरेको भुटानी अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय टेलिभिजन एनडीटिभीले जनाएको छ ।
कोरोना महामारीका कारण शुरु भएको लकडाउनपछि हिजो पहिलोपटक २३ जना विदेशी पर्यटकहरु भुटानमा पुगेका छन् । विदेशी पर्यटकका लागि खुल्ला गरिएपछिको पहिलो उडानमा थिम्पु पुगेका पर्यटकलाई भुटानले उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको छ ।
यस्तै भुटानले विदेशी पर्यटकका लागि प्रवेश शुल्क पनि बढाएको छ । यसअघि एक जना पर्यटकले प्रतिरात ६५ अमेरिकी डलर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई बढाएर दुई सय डलर पुर्याएको छ । यस अघि भारतीय पर्यटकका लागि प्रवेश शुल्क नलाग्ने गरेकोमा अहिले प्रतिदिन एक हजार दुई सय भारतीय रुपैयाँ कायम भएको छ ।
प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सीमाना बन्द गरेको थियो । झण्डै आठ लाख जनसंख्या भएको भुटानमा ६१ हजारलाई संक्रमण भएको र २१ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियाे । कोरोना महामारीका कारण भुटानको अर्थतन्त्र धरासायी भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।