फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
रुकुम – खानेपानीको माग राखि गाउँपालिका घेरा गर्दै आएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. २ का बासिन्दाले कार्यालयमा तालबन्दी गरिएका छन् ।
खानेपानीको पाइप जडान गर्न माग गर्दै वडा नम्बर दुई बेतखोलाका स्थानीयले बुधबार बिहान गाउँपालिका कार्यालयमा तालबन्दी गरेका हुन् । आफूहरुले २०३९ सालदेखि उपभोग गर्दै आएको पानीको लाईन काटिएको भन्दै बेतखोलाका स्थानीले आन्दोलन गर्दै आएका छन् ।
काटिएको पानीको लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि आज गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । गाउँमा खानेपानीको आपूर्ति सुरु नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताउनुभयो।
आफूहरुले पानीको लाइन जोडिदिन माग गर्दै पटक–पटक वडा कार्यालय तथा गाउँपालिका कार्यालयमा लिखित तथा मौखिक निवेदन दिएको र गाउँपालिका कार्यालयमा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाई छ ।
तालाबन्दीसँगै गाउँपालिका कार्यालय घेराउ तथा धर्नाको कार्यक्रमसमेत जारी रहने बोहोराले बताउनुभयो।
गाउँपालिकाले मंगलबार भएको छलफलमा खानेपानीको आपुर्ति सुरु गरिदिने मौखिक प्रतिवद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।
तर सहमति अनुसार बुधबार बिहानसम्म खानेपानी नआएपछि बाध्य भएर गाउँपालिका कार्यालयमा तालबन्दी गरेको स्थानीयको भनाई छ ।
वडा नम्बर दुइकै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।