चितवनको भरतपुरमा राष्ट्रिय 'डेरी एक्स्पो' शुरू
माघ २५, २०८१ शुक्रबार
चितवन - तीन निर्वाचन क्षेत्र रहेको चितवनमा मत गणनाको तयारी गरिएको छ। गएराति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि गणनामा ढिलाइ भएको छ।
मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिँदै छ। बिहान ९ बजेपछि गणनाको तयारी गरिएको छ।
जिल्लाको क्षेत्र नं १ मा ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ। यो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन्। क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ। यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन्।
क्षेत्र नम्बर ३ मा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो। यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन्।
जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन्। उनीहरुमध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन्। १ सय ६१ मतदानस्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।