एनसेलले घटायो 'पेएजयूगो' भ्वाइस कल शुल्क

 पुष १८, २०७९ सोमबार १३:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मुख्य ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा फाेन गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ । 

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मुख्य ब्यालेन्सबाट फाेन गर्दा अर्थात् 'पेएजयूगो' को नयाँ महसुल आज आइतवार (पुस १७) देखि लागू भएको छ । यसअघि कुनै पनि नेटवर्कमा लोकल फाेन गर्दा करबाहेक एक रुपैयाँ ९९ पैसा शुल्क रहेको थियो । 

यो नयाँ शुल्क लागू भएसँगै एनसेलका ग्राहकले अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर करसहित प्रति मिनेट दुई रुपैयाँ पाँच पैसामा कल गर्न सक्छन् । यसअघि यो शुल्क करसहित २ं रुपैयाँ ५२ पैसा रहेको थियो ।

ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग विना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा हर्षित रहेको एनसेलले बताएको छ । आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेकाे एनसेलले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया