खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डाै – अमेरिकालगायत विभिन्न देशबाट शङ्कास्पद रकम भित्र्याएकाे आरोप लागेका पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ । अछामका शाहसहित छ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
सीआईबीको टोलीले उनीहरूलाई चावहिलबाट पक्राउ गरेर ठगी मुद्दामा थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि अदालतबाट छ दिनको म्याद लिएको ब्युरोका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले बताउनुभयो ।
पक्राउ पर्नेमा शाहसहित अछामको बन्निगढी गाउँपालिका ६ घर भइ काठमाण्डाैकाे चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिम नवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । आरोपितले विभिन्न कम्पनीका नाममा विदेशबाट शङ्कास्पदरूपमा रकम भित्र्याएकाे भेटिएपछि अनुसन्धान अघि बढेको हो । यी कम्पनीले विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरीत कारोबार गरेको लगायतका आरोप प्रहरीले लगाएको छ ।
यसअघि शाहले अमेरिकाबाट ल्याउन लागेको शङ्कास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो । रकम फुकुवा गरिदिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि राष्ट्र बैंकलाई पत्र पठाएपछि तीव्र आलोचना भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।