डलरको भाउ अहिलेसम्मकै उच्च
मंसिर ७, २०८१ शुक्रबार
सोलुखुम्बु – सोलुखुम्बुको नेले बजारका अग्नि पीडित परिवारलाई थुलुङ दुधकोशी गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएकाहरूलाई आज बिहीवार गाउँपालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो ।
गाउँपालिका अध्यक्ष असिम राईसहितको टोली घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको पालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार आगलागीमा घर आंशिक क्षति भएका प्रतिपरिवारलाई २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको छ ।
गएकाे पुस ५ गते मङ्गलवार दिउँसो ४ बजेतिर वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पूर्णरूपमा नष्ट भएको थियो । आगलागीमा कल्पना बस्नेत, रमेश बस्नेत, बुद्धिबहादुर कार्की र गणेश बस्नेतको घर पूर्णरूपमा क्षति भएको थियो भने प्रनय राईको घरमा आंशिक क्षति पुगेकाे थियो ।
त्यस घटनाप्रति पालिका अध्यक्ष राईले दुःख व्यक्त गर्दै पीडितको घाउमा पालिकाले मलम लगाउने काम गरेको बताउनुभयाे । उहाँले आगो निभाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई थप सहयोग जुटाउन आफूले पनि सक्दो पहल गरिरहेको बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।