जाजरकाेटमा बेलिब्रिज भाँचिदा २ कामदारकाे ज्यान गयाे, ८ जना घाइते (अपडेट)

 वैशाख ७, २०८० बिहीबार १५:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

जाजरकाेट – जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिनुभयो ।

ज्यान गुमाएका कामदारको परिचय खुल्न सकेको छैन । घाइते भएका आठमध्ये सात जनाको परिचय खुलेको छ । घाइते हुनेहरूमा गोरखनाथ, सञ्जय गौतम, सोनी चमार, धमेन्द्र गौतम, मैकु गौतम, प्रशान्त राजकुमार र राजकुमार हर्जन चमार रहेका छन् । उनीहरू निर्माण कार्यमा संलग्न भारतीय कामदार रहेका प्रहरीले जनाएको छ ।

जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाच्चिएको हो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरिडोरमा पर्छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया