काेहलीकाे कप्तानीमा बेङ्गलाेरले पन्जाबलाई २४ रनले हरायाे

 वैशाख ७, २०८० बिहीबार १९:४०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राेयल च्यालेन्जर्स बेङ्गलाेरले पन्जाब किङ्ग्सलाई हराएकाे छ । 

आज बिहीवार माेहालीमा भएकाे खेलमा बेङ्गलाेरले घरेलु टाेलीलाई २४ रनले हरायाे । बेङ्गलाेरले दिएकाे एक सय ७५ रनकाे लक्ष्य पछ्याएकाे पन्जाब १८ ओभर २ बलमा अलआउट भयाे । उसका प्रभसिमरन सिंहले सर्वाधिक ४६ रन बनाए । यस्तै जितेश शर्माले ४१ रन बनाए । बेङ्गलाेरका माेहम्मद सिराजले चार र वानिन्दु हसरङ्गाले दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनायाे । उसका फाफ डु प्लेसिसले ८४ र विराट काेहलीले ५९ रन बनाए । पन्जाबका हरप्रित ब्रारले दुई विकेट लिए ।

याे जितसँगै बेङ्गलाेर छ खेलमा छ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । पन्जाब उति नै अङ्कसहित साताैँ स्थानमा छ ।

आजकाे खेलमा बेङ्गलाेरकाे नेतृत्व विराट कोहलीले गरेका थिए । नियमित कप्तान फाफ डु प्लेसिस पूर्णरूपमा फिट नभएपछि पूर्वकप्तान कोहलीले टाेलीकाे नेतृत्व गरेका हुन् । विराट काेहलीले यसअघि सन् २०२१ अक्टाेबर ११ मा टिमकाे कप्तानी गरेका थिए ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया