भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
काठमाण्डौ – श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिला श्रमिकको सङ्ख्या पछिल्लो केही वर्षयता बढ्न थालेको छ ।
श्रम स्वीकृति लिने महिला र पुरुषको सङ्ख्या छुट्याई अभिलेख राख्न थालिएयता सबैभन्दा धेरै गएको आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ५० हजार महिलाहरू रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागकाे तथ्याङ्कले देखाएकाे छ ।
सरकारले महिला र पुरुष भनेर श्रम स्वीकृति लिनेको अभिलेख राख्न थालेको वर्ष २०६३/०६४ मा ३९० जना महिलाले श्रम स्वीकृति लिएकोमा १५ वर्षपछि आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार १२८ जना महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
संस्थागत रूपमा पछिल्ला केही वर्षयता श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाहरूको सङ्ख्या बढेको विभागले जनाएको छ । तर गैरकानुनी रूपमा भारत लगायतका देश र भिजिट भिसामा एजेण्ट र बिचौलियाले रोजगारीका लागि लगेका महिला श्रमिकको तथ्याङ्क भने छैन ।
बितेका १५ वर्षमा वैदेशिक रोजगारीमा जान जम्मा ७५ लाख १९ हजार ६६० जनाले श्रम स्वीकृति लिएका छन् । यसमध्ये कति जना नेपाल फर्किए भन्ने तथ्याङ्क विभागले राखेको छैन ।
वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०६३/०६४ देखि वैदेशिक रोजगारीमा जाने महिला र पुरुषको सङ्ख्या छुट्याई अभिलेख राख्न थालेको हो ।
त्यसयता बितेका १५ वर्षमा दक्षिण कोरिया बाहेकका देशमा जान तीन लाख ७५ हजार ८२५ जनाले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरिया जान अघिल्लो आर्थिक वर्षसम्ममा चार हजार ४८१ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
वैदेशिक रोजगारीमा जान आर्थिक वर्ष २०६३/०६४ मा दुई लाख चार हजार ५३३ जनाले श्रम स्वीकृति लिएकोमा ३९० जना महिला रहेका छन् ।
यस्तै आर्थिक वर्ष २०६४/०६५ मा दुई लाख ४९ हजार ५१ जनाले श्रम स्वीकृति लिँदा चार हजार छ सय ८५ जना महिलाले श्रम स्वीकृति लिएका थिए ।
आर्थिक वर्ष २०६५ /०६६ मा दुई लाख १९ हजार ९६५ जनाले श्रम स्वीकृति लिँदा आठ हजार पाँच सय ९४ जना, आर्थिक वर्ष २०६६/०६७ मा दुई लाख ९४ हजार ९४ जनाले श्रम स्वीकृति लिँदा १० हजार ५६ जना, आर्थिक वर्ष २०६७/०६८ मा तीन लाख ५४ हजार ७१६ जनाले श्रम स्वीकृति लिँदा १० हजार ४१६ जना महिला रहेको विभागले जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०६८/०६९ मा पाँच लाख ३८ हजार ३५५ जनाले श्रम स्वीकृति लिँदा २६ हजार ४७३ जना, आर्थिक वर्ष २०६९/०७० मा छ लाख १५ हजार ४१६ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार ३६ जना, आर्थिक वर्ष २०७०/०७१ मा छ लाख ९५ हजार ९२४ जनाले श्रम स्वीकृति लिँदा ३३ हजार १९४ जना, आर्थिक वर्ष २०७१/०७२ सात लाख ३ हजार ८३२ जनाले श्रम स्वीकृति लिँदा ३० हजार ४२३ जना, आर्थिक वर्ष २०७२/०७३ मा छ लाख ४० हजार ९८१ जनाले श्रम स्वीकृति लिँदा ३१ हजार ९३४ जना, आर्थिक वर्ष २०७३/०७४ मा छ लाख ४२ हजार ८५९ जनाले श्रम स्वीकृति लिँदा ३३ हजार पाँच सय २० जना महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०७४ /०७५ मा छ लाख १२ हजार ६८५ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार ९६४ जना, आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख आठ हजार ८२८ जनाले श्रम स्वीकृति लिँदा ३२ हजार १२३ जना, आर्थिक वर्ष २०७६/०७७ मा तीन लाख ६८ हजार४३३ जनाले श्रम स्वीकृति लिँदा २८ हजार ४२३ जना, आर्थिक वर्ष २०७७/०७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिँदा ११ हजार ४५६ जना, आर्थिक वर्ष २०७८/०७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिँदा ४९ हजार १२८ जना महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षको चैत महिनामा ६१ हजारभन्दा धेरैले श्रम स्वीकृति लिँदा महिला श्रमिकको सङ्ख्या झण्डै छ हजार रहेको छ ।
तर हजारौँ सङ्ख्या महिलाहरू भिजिट भिसा र भारतको बाटो हुँदै विभिन्न देशमा पुर्याइएका छन् । यसरी गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या कति छ भन्ने तथ्याङ्क कसैसँग पनि छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।