प्रतिनिधि सभा सदस्यको सङ्ख्या १ सय ६५ बनाउने गरी संविधान संशोधन गर्न सांसद देवकोटाको माग

 जेठ २४, २०८० बुधबार १८:४१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभा सदस्यको सङ्ख्या घटाउन प्रस्ताव गर्नुभएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा आउँदाे आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्दै देवकाेटाले यस्ताे प्रस्ताव गर्नुभएकाे हाे । उहाँले प्रतिनिधि सभा धेरै ठूलो भएको र सङ्ख्याले पनि व्यवस्थापन गर्न गाह्रो भएको भन्दै सङ्ख्या घटाउने गरी संविधान संशोधनको विधि अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभयो । उहाँले प्रतिनिधि सभा सदस्यको सङ्ख्या एक सय ६५ मा मात्रै सीमित गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा धेरै ठूलो भयो, सङ्ख्याले पनि व्यवस्थापन गर्न गाह्रो भयो, प्रतिनिधि सभाको दुई सय ७५ लाई घटाएर एक सय ६५ मा मात्रै सीमित गर्ने गरी तुरुन्त संविधान संशोधनको विधि अघि बढाउनुपर्छ । बजेटमा मलाई उत्साह, उमङ्ग र जाँगर आएन । बजेटको अनुसूची हेर्ने हो भने मन्त्रालयको विनियोजन हेर्दा झन्डै दुई तिहाइभन्दा बढी मन्त्रालयको बजेट केन्द्रीकृत छ, त्यस कारण केन्द्रीकृत सोच र मानसिकताबाट बजेट बनाइएको छ ।’

सांसद देवकाेटाले बजेट सङ्घीयताको दृष्टिले सन्तोषजनक नरहेको बताउनुभयो । प्रदेश र पालिकाले पाउनुपर्ने अनुदान घटाइनु, चिहानमा पुगिसकेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई अघि बढाउनु गलत रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया