नेपालले एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने

 जेठ २५, २०८० बिहीबार १४:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालले हङकङमा हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने भएको छ । नियमित तालिकाअनुसार नेपालले यो प्रतियोगिता खेल्न पाउने थिएन तर थाइल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

प्रतियोगिता जुन १२ देखि २१ अर्थात् यही जेठ २९ देखि असार ६ गतेसम्म हङकङमा हुँदैछ । एसियाली क्रिकेट परिषदबाट नेपाललाई हिजो बुधवार प्रतियोगिता खेल्ने प्रस्ताव आएकोमा नेपालले सजिलै स्वीकार गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपाल आउँदो शनिवार वा आइतवार हङकङ जानेछ ।

प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले आयोजक हङकङसहित भारत र पाकिस्तानसँग खेल्नेछ । भारत र पाकिस्तानले प्रतियोगितामा सिनियर नभई 'ए' टोली पठाउने छन् । समूह 'बी' मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्का 'ए' टोली छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया