रास्वपाकाे अवराेधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

 असार ३१, २०८० आइतबार १७:११:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

'केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०' लाई बैठकमा पेस गरेपछि रास्वपाले विरोध जनाएको हो । रास्वपाका सांसदहरू कुर्सीबाट उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक परियारले त्याे विधेयक सभामुखबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार नै प्रक्रिया बढाएको जानकारी गराउनुभएको थियो । तर रास्वपाका सांसदहरूले विरोध जनाइरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया