संसद् नचल्नु, बार्गेनिङ मात्र चल्नु दुःखद : रवि लामिछाने

 साउन २२, २०८० सोमबार १७:३२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नचल्ने र बार्गेनिङ मात्रै चल्ने भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

कैयौँ कानुन बनाउनुपर्ने र कैयौँ संशोधन गर्नुपर्ने तथा जनसरोकारका कैयौँ मुद्दामा छलफल गरेर निर्णय गर्नुपर्नेमा संसदमा बार्गेनिङ चलिरहेको उहाँको आरोप छ । उहाँले संसद् चल्दैन, बार्गेनिङ मात्रै चल्छ भनेर सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

यस्तै रास्वपाकै सांसद डाक्टर तोसिमा कार्कीले संसद् चल्न नदिनु भनेको सरकारले गरेका गलत कामको समर्थन गर्नु भएको दाबी गर्नुभएको छ । सरकारलाई प्रश्न सोध्ने थलो संसदसमेत चल्न नदिएर एमालेले सरकारलाई सजिलो बनाइदिएको कार्कीको भनाइ छ । एमालेले संसद् चल्न नदिएर सांसदको समयको बर्बाद गरेको, नागरिकको करको दुरुपयोग भएको र प्रश्न सोध्न पाउने अधिकारकै हनन भएको उहाँले बताउनुभएको छ ।

राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । यही सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने माग गरेर एमालेले यही साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया