सिन्धुपाल्चाेककाे मेलम्ची क्षेत्रमा फेरि बाढी, हेलम्बुमा विद्यालयको शौचालय बगायाे

 भदौ ८, २०८० शुक्रबार ८:३६:३ | रासस
unn.prixa.net

तस्बिर : रासस

सिन्धपाल्चाेक - अविरल वर्षापछि मेलम्चीमा आएकाे बाढीले सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा क्षति पुर्याएकाे छ ।

मेलम्ची नदीमा आएको बाढीले हेलम्बु–४ मा रहेकाे सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ । विद्यालयकाे कक्षाकोठा समेत उच्च जोखिममा परेकाे  हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनुभयाे ।

लामिछानेले भन्नुभयाे 'अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ', उहाँले भन्नुभयो, 'वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको छ ।' सरस्वती माध्यमिक विद्यालयको पढाइ आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनीले बताउनु भयाे । बाढीका कारण ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समस्या भएको उहाँले बताउनु भयाे । 

यस्तै, बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाले सडक खुलाउने प्रयास गरे पनि निरन्तर वर्षाका कारण सडक सञ्चालनमा आउन सकेकाे छैन। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया