नेपाल कबड्डी लिगमा जनकपुरको लगातार दोस्रो जीत
माघ ८, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले काठमाण्डाैलाई ट्रान्जिट बनाएर भैरहवाकाे गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्लीमा पर्सि मङ्गलवारदेखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गरेको छ । भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमकाे योजना रहेको छ ।
उडान तालिकाअनुसार बिहान ८ बजेर १५ मिनेटमा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाण्डाैमा अवतरण गर्नेछ । त्यसपछि 'ट्रान्जिट' भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै 'कनेक्टिङ' उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि 'चेक इन' गर्दाकै बेला गन्तव्यसम्मकै 'बाेर्डिङ पास' पास दिने र 'लगेज' सिधै गन्तव्यमा लिने निगमले व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने काम तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको छ ।
यात्रुले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिन सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।