मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट 'सिद्धार्थ भिलासा बन्बास' दशैँ अगाडि सञ्चालनमा ल्याउने भएको छ । 'भिलासा' सिद्धार्थ ग्रुपको लग्जरी ब्रान्ड हो ।
सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको एक कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले याे जानकारी दिनुभयाे ।
स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको छ । रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । 'बर्ड वाचिङ' थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामाकरण गरिएका छन् ।
रिसोर्ट चार बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा 'फिसिङ' गर्न सक्नेछन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने छ । रिसोर्टमा स्विमिङ पुल, मसाज सहितको स्पा पनि रहनेछ ।
रिसोर्ट निर्माणमा झन्डै एक अर्ब रुपैयाँ लगानीको अनुमान गरिएको ग्रुपका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयाे । उहाँले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टीकापुरमा सानो व्यवसायबाट शुरु गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ ।
यसअघि ग्रुपले आफ्नो २५ औँ वर्षगाँठ पारेर भैरहवामा साढे दुई अर्ब रुपैयाँ लगानीमा ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ । भैरहवाको अञ्चलपुरमा रहेको यो होटल झन्डै पाँच बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताउनुभयाे ।
सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा 'एग्रो टुरिजम' थिममा लक्जरी रिसोर्ट निर्माणको तयारीसमेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट र इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिनुभयाे ।
ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट 'सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट' सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् ।
बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्रान्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टीकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् ।
बुटवल, नेपालगञ्ज, तीनकुने, घोबीघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा दुई वटा तथा तीनकुने र नेपालगञ्जमा एक/एक वटा गरी चार वटा एस क्याफेको आउटलेट सञ्चालनमा ल्याएको छ ।
सिद्धार्थ हस्पिटालिटीमा दुई हजार जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Rabindra Lamichhane
Aug. 28, 2023, 10:56 a.m.namc .rabindra Lamichhane 8class pass 2yard ko exception cleaner