झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा वर्षा, बाढी पहिरोको जोखिम

 भदौ १२, २०८० मंगलबार ६:२९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सर्लाही, धनुषा, बारा, चितवन ,गोरखा, लमजुङ, पोखरालगायत केही ठाउँमा गएराति पानी परेको छ । ती क्षेत्र भएर बग्ने स–साना नदीमा जलसतह केही बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गोरखाको बारपाक र लमजुङ क्षेत्रमा पहिरोको जोखिम छ ।

मकवानपुर, चितवन, नवलपरासीको केही ठाउँमा पनि मध्यम वर्षा भएको छ । चितवनको देवघाट, रामपुर आसपास भने ठूलो पानी परेको छ । नारायणगढ-मुग्लिङ सडक खण्ड आसपासका खहरे खोलामा आकस्मिक बाढी र पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । तर अहिले नारायणगढ–मुग्लिङ सडकमा सामान्य रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै, बुटवलको तिनाउ नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा आज बिहानसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया