तनहुँमा जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह

 भदौ १२, २०८० मंगलबार ७:४३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले चार सय के.भि विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटबल सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणकाे प्रक्रिया अगाडि बढाएकाे छ । 

एमसीए–नेपालले तनहुँकाे आँबुखैरेनी, बन्दीपुर, ऋशिङ्ग र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिका क्षेत्रमा पर्ने जग्गा र संरचना अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेकाे हाे । 

यो क्षेत्रमा अधिग्रहण गरिने जग्गाहरु आजदेखि नै रोक्का रहने र कुनै पनि संरचना थप्ने काम नगर्न/नगराउन सार्वजनिक सूचनामार्फत् सूचित गरिएको छ । एमसीए–नेपालले आज सूचना निकालेर २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा बालीनालीलगायतका अन्य संरचना भए त्यसको समेत मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न भनेको छ ।

आ–आफ्नो हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा पेस गर्न भनिएको छ । साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए खोलेर सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत् गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

यसअघि रातामाटे सबस्टेसनदेखि नयाँ दमौली सब स्टेसन खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न अनुरोध गरिएको थियो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया