कीर्तिपुरमा कांग्रेसले अग्रता बढाउँदै, माओवादी तेस्राे स्थानमा
मंसिर १७, २०८१ सोमबार
झापा - टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कनकाई हस्पिटल विर्तामोडमा कार्यरत २८ वर्षीय डाक्टर नीरज यादवको ज्यान गएकाे छ। मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उहाँको आज बिहान पूर्व–पश्चिम राजमार्गको उर्लाबारीमा टिपरको ठक्करबाट ज्यान गएकाे हाे ।
डा यादवले चलाउनु भएकाे प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएकाे हाे ।घाइते हुनुभएका यादवकाे मङ्गलबारेमा रहेकाे मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमबीबीएस डा यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत हुनुहुन्थ्यो । घर पुगेर हस्पिटलको ड्युटीमा फर्कने क्रममा उहाँ दुर्घटनामा पर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।