सुन तस्करीको थप प्रमाण जुटाउन एसएसपी दिनेश आचार्य हङकङ प्रस्थान

 भदौ १३, २०८० बुधबार ७:५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्य सुन तस्करीको अनुसन्धान र थप प्रमाण जुटाउन हङकङ प्रस्थान गर्नुभएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी आचार्य गएराति हङकङ प्रस्थान गर्नुभएको हो ।

प्रहरीले चीन, हङकङ, सिंगापुर, भारतलगायतका देशसँग सुन तस्करीमा संलग्न सञ्जालको खोजीका लागि सहयोग गर्न इन्टरपोलमार्फत पत्राचार गरिसकेको छ ।

गएको असार २९ मा हङकङबाट ब्रेक शुभित्र लुकाएर सुन ल्याएको खुलेको थियो ।

साउन २ गते भन्सार जाँचपास गरेर पार भइसकेको सामान राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

विभागले तीन हप्ता अनुसन्धान गरेर संगठित अपराध कसुरमा अनुसन्धान गर्न सीआईबीको जिम्मा दिएको थियो ।

बरामद गरिएको ब्रेक शुभित्र रहेको सुन गालेपछि ६० किलो ७ सय १६ ग्राम रहेको छ । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया