केरामा देखिएको पानामा रोगको प्रजाती टिआर–फोरको प्रारम्भिक अध्ययन शुरु

 भदौ १३, २०८० बुधबार ७:५७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कैलालीको टीकापुरमा केरामा देखिएको पानामा रोगको प्रजाती टिआर–फोरको प्रारम्भिक अध्ययन थालिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको नमुना परीक्षणबाट पानामा रोगको यो प्रजाती नेपालमा पहिलो पटक पुष्टि भएको थियो ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय अध्ययन कार्यदल बनेको छ । कार्यदलले टीकापुरमा पुगेर अध्ययन शुरु गरेको छ ।

रोग पत्ता लागेपछि टिकापुरमा केराको बगानबाट अर्को बगानमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफलसमेत गरिएको छ ।

संयोजक डा. खड्काले किसानलाई हतोत्साहित नहुन तर सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले पानामा रोगको सङ्क्रमण अन्य बगानमा फैलिन नदिन किसान नै मुख्य सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

रोग फैलिएको क्षेत्रमा सङक्रमित बालीबोट नष्ट गर्ने र अन्य क्षेत्रमा फैलिन नदिन विशेष सावधानी आवश्यक रहेको उहाँको भनाइ छ । 

माटोबाट रोग सर्ने भएका कारण किसानले हरेक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ ।

कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो ।    
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया